×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाँड खाएर झ्याप भएका पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले विमानस्थलका कर्मचारीलाई झापड हाने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जाँड खाएर झ्याप भएका पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले विमानस्थलका कर्मचारीलाई झापड हाने !

Artha Sarokar

२२ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले विमानस्थलका कर्मचारीलाई झापड हानेका छन् । सिइओ रेग्मीले भंसार विभागका नासुमाथि चेकजाँच गर्ने क्रममा हातपात गरेका हुन् । सिइओ रेग्मी जाँड खाएर झ्यापमा थिए । उनी कात्तिक २० गते शनिबार बिहान लन्डनबाट नेपाल आएका हुन् ।

उनले आफ्नो व्यागमा ६ बोतल मदिरा ल्याएका थिए । सोही मदिरा चेकजाँच गर्दा रेग्मीले थापालाई झापड हानेका हुन् । भन्सार जाँचपासमा खटिएका थापाले ६ बोतल मदिरा देखेपछि रेग्मीलाई सधेका थिए ,‘साथमा कतिजना हुनुहुन्छ ?’ प्रश्न सुन्नेबित्तिकै रेग्मीले थापामाथि एक थप्पड मात्रै लगाएनन् र भने ,‘म को हो चिनेको छस् ? म देश चलाउने मान्छे हुँ ।’ अहिले रेग्मीमाथि भंसार ऐन अनुसार कारबाही चलेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी