Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज बस्दै, १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष एजेण्डा

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज कात्तिक २३ गते मंगलबार बस्दैछ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ । उक्त सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद निष्कासन गर्ने एजेण्डा पेश हुनेछ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि रहेको छ ।

सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK