×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

२३ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले गुराँसको बोनस सेयर समायोजनपछिको भाउ ६ सय १८ रुपैयाँ ०१ पैसा निर्धारण गरेको छ । कम्पनीकोे मंसिर १० गते वार्षिक साधारणसभा हुने भएको छ ।

सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज २३ गते मंगलबार बुक क्लोज गरेको छ । उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभा भने भिडियो कन्फ्रेन्सको माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी