×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र दराजबीच सम्झौता, ११.११ मा क्यासब्याक अफर पाईने

LAXMI SUNRISE BANK
GLOBAL

नबिल बैंक र दराजबीच सम्झौता, ११.११ मा क्यासब्याक अफर पाईने

२४ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा  २०७८/७ /२५ गते देखी २०७८/८/३ गते (तदनुसार ई.सं. ११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१) सम्म बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५% छुट वा अधिकतम ३,०००र( क्यासब्याक(cashback) र क्रेडिट कार्ड मार्फत १५% छुट वा अधिकतम  ३,५०० र( सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसर सुरु हुन केहि दिन मात्र रहेकोले बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नेछन् । सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी