Skip to content
LAXMI SUNRISE BANK

बुधबार र शनिबार आरटीजीएस प्रणाली सञ्चालन राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सञ्चालन राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकले आज बुधबार विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले दुवै दिन बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको छ । आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिनेछ । यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK