काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमाससम्ममा ३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनीले यसै अवधिमा ८२ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्षको तुलनामा यस वर्षको नाफा २९३.७८ प्रतिशतले बढी हो ।
यस्तै कम्पनीले खुद ब्याज आम्दानी ७ करोड ७ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले यसै अवधिमा ६ करोड २ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन गत वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी १७.४५ प्रतिशतले बढी हो । यस्तै कम्पनीले ११ लाख २ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
गत वर्ष कम्पनी ३ करोड २० लाख सञ्चालन नोक्सानमा रहेको थियो । कम्पनीले असोज मसान्तसम्म २ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब ५६ करोड करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ९ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ कोषमा २१ करोड २१ लाख रहेको र खराब कर्जा बढेर ६.३६ प्रतिशत पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्