×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यापुको बृहत अनलाइन सेल ११.११ घोषणा, थुप्रै आकर्षक छुट र अफर पाईने

LAXMI SUNRISE BANK
GLOBAL

ग्यापुको बृहत अनलाइन सेल ११.११ घोषणा, थुप्रै आकर्षक छुट र अफर पाईने

२४ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली अनलाइन स्टोर ग्यापुले गत वर्ष झै यो वर्ष पनि देशकै ठूलो सेल कार्यक्रम ११.११ को घोषणा गरेको छ । उत्त स्टोरमा थुप्रै आकर्षक छुट र अफरका साथ ग्यापुले नोबेम्बर ११ मा हुने यो बृहत सेलको घोषणा गरेको हो ।

गत वर्ष ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काको जन्मदिनकै शुभ अवसरमा परेको ११.११ एकदिने सेल भव्य रुपमा सम्पन्न भएको थियो । सो बेला २४ घण्टा सम्म सम्पन्न भएको सेलमा धेरै बिक्री भएको थियो । जाडोको कपडा, स्मार्टफोन, भान्छाको सामान वा अन्य घरायसी सामान लिने सोचमा भएकाहरुलाई ग्यापुको ११.११ सेल सुनौलो अवसर हुने बताइएको छ ।

ग्यापुमा उपलब्ध हरेक सामग्रीहरूमा आकर्षक छुट र क्यासब्याक अफर पनि पाइने बताइएको छ । यो बृहत सेल नोबेम्बर ११ को मध्यरात देखि सुरु भएर २४ घण्टा सम्म उपलब्ध हुनेछ । यस अवसरमा खरिद गरिएका सामग्रीको निशुल्क डेलिभरी पनि गरिनेछ बताइएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी