काठमाडौं । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिरदेखि घोराहीमा पाकेको धान खेतबाट घर भित्र्याउँदै गरेका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार:
छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर ।
घोराही- १३ सेवारका किसान पाकेको धान खेतबाट घर भित्र्याउँदै ।
पुनर्वास नगरपालिका- ९ सिताबस्ती भएर बग्ने दोदा नदीको बालुवा र माटोले पुरिएको उखु खेती । नदीको डुबान घटे पनि उखु पुरै पुर्दा किसानले घाटा व्यहोर्नु परेको छ ।
बागलुङ नगरपालिका– ४ स्थित पाखाथरबाट बाग्लुङ बजारलाई ढाकेको कुहिरो र सूर्योदय ।छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री । रातिदेखि नै छठ पूजाको सामग्री लिएर भक्तजन घाट आउन थालेका छन् । बर्तालुले भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवतरुपमा समापन हुनेछ ।
बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढीले क्षति पुर्याएको निर्माणाधीन मोटरेबल पुल । विसं २०७७ साउनको बाढीले निर्माणाधीन पिल्लर लडाएपछि यो पुलको काम अघि बढ्न सकेको छैन् ।धनुषाको पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिका-६, मालटोल सडकखण्डमा दुर्घटना भएको ना ६ ख ७१०२ नम्बरको यात्रुवाहक बस आगलागी भएपछि जलेर पूर्णरुपमा क्षति । बस दुर्घटनामा परी १२ यात्रु घाइते भएका छन् ।म्याग्दीको सदरमुकाम बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको लस्तीस्थित लस्ती फार्ममा पाहार (घाम) ताप्दै गरेका टर्की ।