काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टीतेलसहि त खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । यो खाना पकाउने ग्याँसको मूल्य इतिहासकै बढी हो ।
आजबाट लागु हुनेगरी अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको छ । निगमका सहायक प्रवक्ता पुस्कर कार्कीका अनुसार मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू।१७।५८, डिजेलमा १३।१४ रुपैयाँ घाटा छ भने ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ । यता पेट्रोलको मूल्य केहि दिनमा फेरी बढ्ने बुझिएको छ । छिट्टै नै पेट्रोलको मूल्य १४० रुपैयाँ प्रति लिटर पुग्ने आयल निगमकै अधिकारीहरु बताउँछन् ।
सरकारले कर छुट नदिंदा निगमलाई यति ठुलो घाटा परेको हो भने यसले जनतालाई पनि महंगीको मारमा परेको छ । केहि दिनमै फेरी गाडी भाडा पनि बढाउने तयारी यातायात व्यवसायीहरुले गरेका छन् ।