काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारण सभा मंसिर १७ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने भएको हो । सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी बन्न सकिने बैंकले जनाएको छ । बैंकले १२.६११५ बोनस सेयर र ३.३८९५ नगद लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो ।
साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्नेछ । यस्तै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।