काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको त्रैमाससम्म आइपुग्दा ३ करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद नाफा १५९.०७ प्रतिशतले बढी हो ।
यस्तै कम्पनीले ७ करोड ४६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी २८.९८ प्रतिशतले बढी हो ।
कम्पनीले सञ्चालन नाफा भने १ करोड ५२ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४७ लाख ३७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको सञ्चालन नाफा २२१.८१ प्रतिशतले बढी हो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४१ पैसाले बढेर ४९ रुपैयाँ ४१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ३२ पैसा रहेको छ।