×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको न्यूरोड शाखा स्थानान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको न्यूरोड शाखा स्थानान्तरण

Artha Sarokar

२५ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बाग्मति प्रदेशको काठमाडौं महानगरपालिका वडा नं २२ पाको, न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई सोहि वडाको मिरा होम, खिचापोखरीमा स्थानान्तरण गरी कारोबार सुुरुवात गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको समुपस्थितिमा कारोबार शुभारम्भ गरिएको छ ।

उक्त अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले नयाँ क्षेत्रमा स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयले नयाँ व्यवसाय विस्तारमा ठूलो भूमिका खेल्नसक्ने सम्भावनाबारे चर्चा गर्दै आसपासका व्यवसायीहरुलाई सहज र सरल वित्तीय सेवा प्रदान गर्दै व्यवसायिक गतिविधिहरु बढाउनेतर्फ अग्रसर रहन शाखा प्रबन्धक लगायत शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले हाल १६ शाखा कार्यालय तथा ५ वटा विस्तारित काउण्टरहरु मार्फत वित्तीय सेवाहरु प्रवाह गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी