काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले कात्तिक २७ गते शनिबार वार्षिक साधारणसभा डाकेको हो । उक्त सभा फल एन्ड ट्राउट भिलेज होटल ककनी नुवाकोटमा बिहान १० बजेबाट सुरु हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै सभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि रहेको छ । कुनै वित्तीय संस्थाहरु गाभ्न/गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि आशाले कात्तिक १४ मा बुक क्लोज गरेको छ । त्यसकारण कात्तिक १३ गते सम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभाशं तथा साधारणसभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्