म्याग्दी । सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो ।
आयोजनाको प्रवद्र्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इञ्जीनियर मनप्रसाद कँडेल र शेयरधनी अभिषेक केसीले क्लबका अध्यक्ष टङ्क पुनलाई सो रकम हस्तान्तरण गरे । वडाध्यक्ष चन्द्रप्रसाद फगामीसहित जनप्रतिनिधि, क्लबका प्रतिनिधि र पदाधिकारीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो । प्राप्त रकमले बेँसीगाउँमा रहेको क्लबको भवनमा तला थप गरिने अध्यक्ष पुनले जानकारी दिए ।
नौ दशमलव १४ मेगावाट क्षमताको उक्त आयोजना प्रभावित क्षेत्रमा सामाजिक कार्यअन्तर्गत सहयोग गरिएको प्रबन्ध निर्देशक कँडेलले बताए । तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भएको यो आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा प्रस्ताव गरिएको छ । घलेम्दी खोला जलविद्युत् आयोजनाको बाँधभन्दा २०० मिटरमाथि विद्युत्गृह रहने सुपर घलेम्दीको सुरुङ २.५ किलोमिटर तथा पेनस्टक पाइप एक किमीको हुने छ । मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इञ्जीनियरको अगुवाइमा आयोजना निर्माण हुन लागेको हो ।
कम्पनीका अध्यक्ष अनन्तराज घिमिरे कम लागत र छोटो समयमा आयोजना निर्माण गरिने बताउछन् । दश प्रतिशत साधारण सेयर, १० प्रतिशत प्रभावित सेयर तथा १० प्रतिशत संस्थापक सेयर रहने उक्त आयोजना रन अफ द रिभर प्रकृतिको हो । आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर टाढा दाना सबस्टेशनमा पुर्याएर कालीगण्डकी करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । नारच्याङमा हाल पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना सञ्चालन भइसकेका छन् ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्