×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.३८ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नाडेप लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.३८ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

२६ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ७९.३८ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २४.९० प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ७९.७७ प्रतिशतले घटेको छ । यता कम्पनीको रिजर्भ कोषमा ३७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा ०.३५ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८ पैसाले घटेर ९ रुपैयाँ २९ पैसामा झरेको छ । हाल यसको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी