Skip to content
LAXMI SUNRISE BANK

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो ६५ लाख ५० हजार रुपैयाँ खुद नाफा

अर्थ सरोकार

काठमाडौं । नयाँ सारथी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा २.९३५ ले घटेको हो । नयाँ सारथीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै सुधार भएपनि खुद नाफामा भने सामान्य गिरावट आएको हो । गत वर्ष सञ्चालन घाटा भएपनि खुद नाफालाई राइट ब्याकले साथ दिएको थियो । यस त्रैमासमा भने राइट ब्याक शीर्षकमा कुनै रकम देखिएको छैन ।

यता, कम्पनीको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ छ । कम्पनीले प्रतिकित्ता ११६ रुपैयाँमा २ लाख २९ हजार ६४९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले अनुमति दिएर एफपीओ बिक्री भएमा चुक्ता पुँजी वृद्धि हुनेछ । रिजर्भ कोषमा ११५.६०५ सुधार हुँदै २३ करोड ७७ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ । नयाँ सारथीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २० पैसाले घटेर १० रुपैयाँ २८ पैसामा आएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK