काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १०औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाको नवौं बार्षिकोत्सव एक अनौपचारीक कार्यक्रम गरी मनाएको छ । संस्थाले १०औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पुर्ण ग्राहक, नियमक निकाय, शेयरधनी तथा सरोकारवालापक्ष लगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सबैको माया साथ र सपोर्टको अपेक्षा गरेको बताएको छ ।
संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।