×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकाश बैंकद्वारा नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण

अर्थ सरोकार

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार

PRIME CA

कामना सेवा विकाश बैंकद्वारा नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १५औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । देशै भरीका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टरमार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वार्ड नं. ६, नारायणटार स्थित नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, संघका पधादिकारी, वार्ड अध्यक्ष श्री रमेश अर्याल तथा स्थानीय ग्राहकहरुको उपस्थिति रहेको थियो । बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: