×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्स कम्पनीद्धारा वित्तीय विवरण सार्वजनिक, ११.७०% ले नाफा बढ्दा अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनाइटेड इन्स्योरेन्स कम्पनीद्धारा वित्तीय विवरण सार्वजनिक, ११.७०% ले नाफा बढ्दा अन्य सूचकको अवस्था कस्तो ?

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १ करोड १९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा ११.७० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड ६ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले खुद बिमा शुल्क ६२.९६ प्रतिशतले बढाएर २१ करोड ४० लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । यता बिमा कोषमा ३३ करोड ८८ लाख १३ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ११ करोड ७७ लाख ८६ हजार रुपैयाँ रहेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी १२ पैसाले बढेर बढेर १ रुपैयाँ १६ पैसा पुगेको छ र प्रतिसेयर नेटवर्थ ६ रुपैयाँ १ पैसाले बढेर १४४ रुपैयाँ ४१ पैसा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी