Skip to content
LAXMI SUNRISE BANK

समता घरेलु लघुवित्त वित्तीय संस्थाले पहिलो त्रैमासमा कति नाफा कमायो ? यस्तो छ संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण

अर्थ सरोकार

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजसनक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा १ करोड १४ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । जुन खुद नाफा गत वर्षको भन्दा २.५३ प्रतिशतले बढी हो ।

गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड ११ लाख ९० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीले १ करोड ८२ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । जुन सञ्चालन नाफा गत वर्षको भन्दा पनि ३.५७ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड ७५ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ करोड ६९ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष २०६.४८ प्रतिशतले बढाएर ५ करोड २० लाख ४४ हजार रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६२ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK