काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतका लागि ११ जनाले आवेदन दिएका छन् । आवेदनका लागि आइतबारसम्मको समय दिइएको थियो । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा नेपाल धितोपत्र बोर्ड र नेप्सेको अध्यक्ष तथा सीईओ छनौट समिति बनाएको छ । नेप्सेको सीईओ हुने इच्छुकमा सोही कार्यालयका कर्मचारीदेखि विभिन्न क्षेत्रका व्यक्तिहरु रहेका छन्।
आवेदन दिनेहरुमा नेप्सेका कामु सीईओ निरञ्जन फुयाल र डिजिएम प्रविन पन्दक त्यसैगरी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका पूर्वसीईओ रमेश घिमिरे, केशव श्रेष्ठ, जीवन अमगाईं, डा.रमेश भण्डारी, बद्री प्याकुरेल, कृष्णबहादुर कार्की, गोविन्दप्रसाद दाहाल, दीपक गौतम र छविराज पन्त रहेका छन् । छनौट समितिले मापदण्ड पुगेका आवेदकलाई सर्टलिष्टिङ गरी अन्तरवार्ताका लागि बोलाउनेछ । त्यसमध्ये तीन जनालाई सीईओ नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्