×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्यमशीलताको विकासमा आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उद्यमशीलताको विकासमा आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विद्यार्थीहरूमा उद्यमशीलताको विकासका लागि आइडिया स्टुडियो र केएमसी कलेजबीच साझेदारी हुने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आइडिया स्टुडियोको तर्फबाट अध्यक्ष टिछिरिङ लामा र क्याम्पसको तर्फबाट संस्थापक सदस्य रामेश्वर अर्यालले आइतबार हस्ताक्षर गरेका हुन् । 
सम्झौताअनुसार आइडिया स्टुडियोले काठमाडौं मोडल कलेजका विद्यार्थीहरूलाई व्यावसायिक क्षमता अभिवृद्धिसम्बन्धी चारदिने व्यावसायिक तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने जनाइएको छ । 
कार्यक्रममा आइडिया स्टुडियोको सहयोगमा व्यवसायी बन्न सफल बनेका क्याम्पसका पूर्वविद्यार्थीसहित आइडिया स्टुडियोका सह-संस्थापक रूपेशकृष्ण श्रेष्ठ, क्यापसका प्रधानाध्यापक सुरेन्द्र सुवेदी र विद्यार्थीहरूको उपस्थित थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी