×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २४ लाख ३३ हजार ३ सय ६३.६७ कित्ता हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २४ लाख ३३ हजार ३ सय ६३.६७ कित्ता हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने कात्तिक २९ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन रहेको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

हकप्रद निष्कासनका लागि बैंकले असोज १ गतेबाट बुक क्लोज गरेको हो । यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् । यस हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी