×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २३१.५४ प्रतिशतको छलाङ, प्रतिसेयर नेटवर्थमा पनि आकर्षक प्रगति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा २३१.५४ प्रतिशतको छलाङ, प्रतिसेयर नेटवर्थमा पनि आकर्षक प्रगति !

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तयि विवरण प्रकाशित गरेको छ । कम्पनीले पहिलो त्रैमासमा २१ करोड ४१ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको तुलनामा २३१.५४ प्रतिशतले बढी हो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि २३.५० प्रतिशतले बढेको छ ।

गत वर्ष सञ्चालन नाफा नोक्सानमा गएको कम्पनीले यस त्रैमासमा ३१ करोड ५२ लाख ४३ हजार रुपैयाँ सञ्चालन नाफा गरको छ । यस्तै १८.४८ प्रतिशत निक्षेप संकलन गरेको कम्पनीले र १८.७७ प्रतिशत कर्जा लगानी गरेको छ । कम्पनीको रिजर्भ कोष ८४.९५ प्रतिशतले बढेर ३ अर्ब २८ करोड ७० लाख ५४ हजार रुपैयाँ पुगेको छ । यसैगरी प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५८ पैसाले बढेर ४६ रुपैयाँ ८० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि ६१ रुपैयाँ १४ पैसाले वृद्धि भएर २७९ रुपैयाँ ६२ पैसा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी