×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगतिः खुद नाफा १९६.०१ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेशनल माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगतिः खुद नाफा १९६.०१ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कमपनीले पहिलो त्रैमाससम्ममा आइपुग्दा ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफाअघिल्लो वर्षकोभन्दा १८०.४६ प्रतिशत ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले खुद ब्याज आम्दानी पनि १८४.३० प्रतिशतले बढाएर २४ करोड ६५ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ८ करोड ६७ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै अघिल्लो वर्ष यसैअवधिमा ६ करोड ४८ लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १८०.४६ प्रतिशतले बढाएर १८ करोड १८ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४५ पैसाले बढेर १०६ रुपैयाँ १८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ९४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी