Skip to content
LAXMI SUNRISE BANK

संरक्षित वन्यजन्तु कस्तुरीको आखेटोपहारसहित एक युवक पक्राउ

अर्थ सरोकार

काठमाडौं । संरक्षित वन्यजन्तु कस्तुरीको आखेटोपहारसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घरभई काठमाडौं महानगरपालिका वडा नं. १४ मा बस्ने २८ वर्षिय दिपेश तिमल्सिना रहेका छन ।

केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खु एरियामा आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए ।

उनलाई आवश्यक कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौं बुझाईएको प्रहरीले जनाएको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK