काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको ३५ करोड ४६ लाख ४० हजार ८२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । महालक्ष्मीको सेयरमा यस्तो गिरावट आउँदा माउन्टेन इनर्जी नेपाल, १०.२५ % एसबिएल डिबेन्चरलगायतका सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको ३५ करोड ४६ लाख ४० हजार ८२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हाईड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी, लुम्बिनी विकास बैंक, नबिल बैंक, ज्योति विकास बैंक, अपि पावर कम्पनी, आइसिएफसि फाइनान्स, ङादी ग्रुप पावर, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा बोटर्लस नेपाल र मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा तेह्रथुम पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, शिभ श्री हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर कम्पनी, छ्याङ्दी हाईड्रोपावर, सिन्धु विकास बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्