Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथाः हरिबोधनी एकादशी पर्वका अवसरमा नदीमा स्नान गर्ने भत्तजनको भिड, उखु रोप्नका लागि नाली निर्माण गर्दै किसान

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हरिबोधनी एकादशी पर्वका अवसरमा सोमबार तनहुँको दमौलीस्थित सेतीमादी नदीमा स्नान गर्ने सर्वसाधारणको भीडदेखि उखु रोप्नका लागि ट्र्याक्टरको सहायताले नाली निर्माण गर्दै गरेका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार:

हरिबोधनी एकादशी पर्वका अवसरमा सोमबार तनहुँको दमौलीस्थित सेतीमादी नदीमा स्नान गर्ने सर्वसाधारणको भीड ।

शुक्लाफाँटा नगरपालिका १२ तिल्कीका किसान उखु रोप्नका लागि ट्र्याक्टरको सहायताले नाली निर्माण गर्दै ।

बागलुङ बजारमा सखरखण्ड किन्दै महिला । हरिबोधिनी एकादशीमा अन्न नखाई सखरखण्ड, गिठालगायत फलाहर गरी व्रत बस्ने चलन छ ।

बैतडीको श्रीकोटका किसानले गरेको केराखेती । श्रीकोट केराखेतीको पकेट क्षेत्रको रुपमा चिनिन्छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ नेपानेमा परालसहितको धान झाँट्र्दै कृषक महिला ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—५ स्थित हुलाक लाईनमा सुकाएर राखेको नेपाली हाते कागज ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK