Skip to content
LAXMI SUNRISE BANK

आज नेकपाको नेपाल बन्द, कस्तो छ प्रभाव ?

अर्थ सरोकार

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको बताएको छ । मंगलबारको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायतका सेवा भने खुल्लै रहनेछन् भने बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द आव्ह्वान गरिएको नेकपाले जनाएको छ ।

कस्तो छ प्रभाव ?

नेकपाले आयोजना गरेको नेपाल बन्दको केहि स्थानमा राम्रो प्रभाव परेको छ भने केहि ठाउँहरुमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकामा विशेषगरी भाडाका गाडी विहान खासै चलेको देखिएको छैन ।  यद्यपी निजी गाडीहरु भने केहि मात्रामा चलेका छन् । तर नीजी गाडी पनि अघिल्लो दिनका तुलनामा सार्है कम मात्र चलेका छन् । देशभरका अधिकांस स्कुलहरु बन्द भएका छन् । शहरी क्षेत्रका पसलहरु बन्द भएका छन् । प्रतिबन्ध फुकुवापछी पहिलोपटक आयोजना भएका कारण पनि बन्दलाई सफल बनाउन भन्दै विप्लव नेकपाका कार्यकर्ताहरु पनि सडकमा आएका छन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK