काठमाडौँ । अहिले कुमारी बैंकको किर्ते काण्ड सतहमा छ । प्रहरीले पक्राउ गर्ने तयारी गरेको चर्चापछी बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीना आफुलाई बिरामी भएको देखाउन अस्पताल धाईरहेका छन् । घटनाका मुख्य योजनाकार कुसन प्रधान नै उनका सबैभन्दा नजिकका साथी हुन् । यसै कारण पनि उनको यो घटनामा संलग्नता छ भन्ने शंका गर्ने ठाउँ प्रशस्तै छ । बैंकभित्र र त्यसमा पनि संचालक समितिमा पनि मिलेमतोमै यो काम भएको तर्क प्रस्तुत भईरहेको छ । यसैबीच कुमारी बैंकका कामु सीइओ र डेपुटी सीइओलाई बैंक छोड्न संचालक समितिले अघोसित रुपमा अल्टिमेटम दिएको खुलासा भएको छ ।
‘अस्तिको संचालक समितिमा यो विषयमा प्रवेश हुन्छ भन्ने लागेको थियो । तर कसैले कुरा नै उठाएनन् । आइतबार सीइओ, डेपुटी सीइओ लगायतलाई पनि पक्राउ गर्ने भन्ने कुरा आयो । हामीले अनुजमणि र मानिसक लागि वा केहि स्टाफका लागि सिंगो बैंकको रिस्क लिन सक्दैनौं ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक संचालकले भने, ‘त्यसैले हामी केहि संचालकले उहाँलाई बैंक छोड्न अल्टिमेटम दिइसकेका छौं ।’ ‘अनि उहाँहरु यस विषयमा के भन्नुहुन्छ ?’ हाम्रो प्रश्नमा ती संचालकले भने, ‘हामीले गलत्याउने खालको कुरा गर्नुभएन । तर मैले अव छोड्दा नै ठिक हुन्छ भनिसकें । अन्य साथीहरुले पनि यहि सुझाव दिनुभएको छ । अव पनि उहाँहरुले बैंक नछोड्ने हो भने हामीमाथि पनि प्रश्न उठ्न सक्छ । बैंकभित्र धेरैजसो साथीहरु इमान्दार हुनुहुन्छ । उहाँहरुको करियरमाथि पनि प्रश्न उठ्छ । हामी लाखौँ ग्राहक, हजारौं सेयरधनी र झन्डै २००० को हाराहारीमा रहेका स्टाफहरुको रिस्क लिन सक्दैनौं । हामी केहि संचालकहरुले उहाँहरुलाई ७ दिने अल्टिमेटम दिइसकेका छौं ।’
को बन्ला अवको सीइओ ?
अनुजमणि र मानिस धुबैले छोडेपछि बैंकको उच्च व्यवस्थापन लगभग खाली हुन्छ । बैंकको तेश्रो बरियताका व्यक्ति रामचन्द्र खनाल हुन् । उनलाई हाल कामु सीइओको जिम्मेवारी दिने तयारी भएको र फुल सीइओ भने अरु नै ल्याउने तयारी भएको ती संचालकको भनाई छ । ‘अहिले रामचन्द्रजीलाई कामु सीइओ दिने भन्ने तयारी छ । यद्यपी उहाँलाई नै सीइओ बनाउने कुरामा भने सोच्नुपर्छ । बाहिरबाट ल्याउँदा पनि को ल्याउने भन्ने विषयमा अहिले छलफल भएको छैन । यसका लागि अलि हतारो गर्न पनि आवश्यक छैन होला । यो मुद्धामा अनुजमणि र मानिसजीहरुलाई केहि दिनमै सफाई भयो भने उहाँहरुलाई बैंकमा राख्न पनि समस्या छैन । तर सो सम्भावना एकदम कम छ ।’
‘आखिर सीइओलाई बिदाई नै गर्नुपर्ने के भयो त्यस्तो ? हाम्रो प्रश्नमा ती संचालक भन्छन्, ‘एक होइन दुई होइन, अनेक कुराहरु आए । घटनाका मुख्य योजनाकर नै उहाँको नजिकको मित्र भएको पुष्टी भएको छ । यो बैंकका लागि ठुलो रिस्क हो । अर्कोतर्फ सीइओले घटनामा बैंकलाई जोगाउनुभन्दा साइलेन्ट बस्ने दुष्प्रयास गर्नुभयो । यो बेला सत्य तथ्य बाहिर ल्याएर बैंकलाई जोगाउनुको साटो उहाँ बैंकलाई दीर्घकालीन असर गर्ने क्रियाकालापमा लाग्नुभयो । कतिपय मिडियाका साथीहरुलाई दुर्व्यवहार गरेकोसमेत जानकारीमा आयो । सीइओले त मेनेज गर्ने हो, बिग्रिएका बेला झन् भत्काउने होइन । त्यसैले उहाँले बैंक छोड्नुपर्छ ।’
‘अनि मानिसजीलाई किन बैंक छोड्न दबाब दिएको त ?’ हाम्रो प्रश्नमा उनले भने, ‘हामी मानिसजीसंग त झन् शशंकित बनेका छौं । लोनको सबै कुरा हेर्ने उहाँनै हो । अरु फाइलहरु पनि यसरी किर्ते गरेका छन् भन्ने प्रारम्भिक जानकारी आएको छ । उहाँ र अनुजमणिजी मिलेर बैंकलाई अफ्ट्यारो पर्ने अरु काम पनि गर्नुभएको छ भन्ने जानकारी आएको छ । त्यसमाथि सार्वजनिक मिडियामा सीइओलाई कारवाही हुनुपर्ने आशयको अभिव्यक्ति दिने उहाँ को हो ? सीआइबीले अनुसन्धान गरिरहेको विषयमा बोल्ने अधिकार उहाँलाई कसले दियो ? यो बेला सबैजनालाई सत्य तथ्य जानकारी गराउनुपर्ने बेलामा फोन अफ गरेर जिम्मेवारीबाट भाग्ने व्यक्ति कहिले पनि सहि अर्थमा व्यवस्थापक बन्न सक्दैन । त्यसैले उहाँको विदाई अपरिहार्य छ ।’
संचालक समितिले मान्ला त ?
‘अनि अनुजमणिजीको त अध्यक्षसंग सार्है राम्रो सम्बन्ध छ भन्ने सुनिएको छ, संचालक समितिले उहाँलाई विदाई गर्न मान्ला त ?’ हाम्रो प्रश्नमा ती संचालकले भने, ‘यो बैंक अध्यक्ष वा सीइओको पेवा होइन । उहाँहरुको सम्बन्धलाई लिएर हामी लाखौँ ग्राहकको विश्वासलाई बाजी राख्न सक्दैनौं । उहाँहरु जसरी यो प्रकरणलाई सहि अर्थमा अनुसन्धान गर्ने भन्दा पनि ‘मिलाउन’ तिर लाग्नुभएको छ, त्यो गलत छ । अव बैंकको राम्रोका लागि जुनसुकै बेलामा पनि कठोर निर्णय गर्नुको विकल्प छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्