×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८५ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा सान्जेन जलविद्युत कम्पनी, प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ६४ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

८५ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा सान्जेन जलविद्युत कम्पनी, प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ६४ पैसा

Artha Sarokar

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनी पहिलो त्रैमाससम्म ८५ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्ष पनि यस कम्पनी ६८ लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

यस्तै कम्पनीकों प्रतिसेयर आम्दानी १ रुपैयाँ ०४ पैसा (वार्षिक) ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ६४ पैसा रहेको छ । हाल चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोष भने १७ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । हाल यसले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी