काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा लक्ष्मी लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १६ सय ८ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ । नेप्सेले लक्ष्मीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
यस्तै आरएसडीसी लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ७९२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । नेप्सेले आरएसडीसीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।