Skip to content
LAXMI SUNRISE BANK

अपि पावर कम्पनीको २१.३३ प्रतिशतले घट्यो खुद नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं । अपि पावर कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा २१.३३ प्रतिशतले खुद नाफा घटेको छ । यसअवधिमा कम्पनीले ७ करोड ६६ लाख ७९ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने १३.६२ प्रतिशतले बढेर १६ करोड ८९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले विद्युत् बिक्रीबाट १४ करोड १२ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै अन्य स्रोतबाट हुने आम्दानी भने ३३.३१ प्रतिशतले घटेर २८ लाख ९२ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले अन्य स्रोतबाट ६ करोड १७ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६२ पैसाले घटेर ११ रुपैयाँ १२ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ०१ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK