काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकि छन् । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलीखेलमा आज आयोजीत नवप्रवेशी नापी अधिकृतहरुको लागि अनुशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशी नापी अधिकृतहरुलाई शुभकामना दिदै जिम्मेवार भएर राष्ट्र र जनताको हितमा काम गर्न आग्रह गरेकि छन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय र नापी विभागप्रति रहेका नकारात्मक सन्देशलाई परिवर्तन गर्ने गरी काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिएकि छन् । भूमि र नापी जनताको जनजीवनसँग प्रत्यक्ष रुपमा जोडिएको र जनतालाई स्वामित्व दिने विषय भएकाले नापीसँग सम्बन्धीत कर्मचारी अझै जिम्मेवार बन्नु पर्नेमा उनँको जोड थियो । मन्त्री श्रेष्ठले सरुवा र बढुवाका लागि कर्मचारीहरु नेता तथा हाकिमको कोठा र घर चाहर्ने कामको अब अन्त्य गर्नु पर्ने भन्दै कर्मचारी सरुवाका लागि चक्रिय प्रणाली आवश्यक रहेकाले त्यसको तयारी गर्न समेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिईन्।
मन्त्री श्रेष्ठले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित हुने कुराको थालनी गर्नुपर्ने भन्दै निजामति विधेयक छिटो ल्याएर निजामति प्रसाशनमा देखिएका विकृतिको अन्त्य गर्नु पर्नेमा समेत जोड दिईन् । उक्त अवसरमा मन्त्री श्रेष्ठले नवप्रवेशी ३९ जना नापी अधिकृतहरुलाई तालिमको प्रमाणपत्र वितरण गरेकि थिईन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्