×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकद्धारा सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

PRIME CA
GLOBAL IME BANK

नबिल बैंकद्धारा सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

सल्यान । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले दार्मा गाउपालिकासंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ । दार्मा गाउपालिकामा बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउपालिकाकातर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारी मार्फत गाउपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद टेक बहादुर बस्नेतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै संसद बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाको सहि रुपमा सदुपयोग गर्ने हो भने त्यसले सामाजिक रुपान्तरणमा ठुलो फड्को मार्ने बताए । कार्यक्रममा बोल्दैै बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले दार्मा गाउपालिकामा स्वरोजगारी र उद्यमशीलता विकास गर्ने बताए । त्यस्तै दार्मा गाउपालिकाका अध्यक्ष निम बहादुर के.सी.ले बैंकको दिगो बैंकिङ निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारतलगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने अपेक्षा गर्दै वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई गाउपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष टिका शर्मा वली, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउपालिकाबासीहरुको उल्लेख्य उपस्थिती थियो । बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रका व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट सुरुवात गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: