Skip to content
LAXMI SUNRISE BANK

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको खुद नाफामा ११२.२५ प्रतिशतको आकर्षक वृद्धि, प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २९ पैसा

अर्थ सरोकार

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा ११२.२५ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ३ करोड ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ८ करोड रुपैयाँबाट बढेर १० करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८० पैसा छ भने प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २९ पैसा छ । जगेडा कोष ७७ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK