काठमाडौँ । मर्जरको सम्झौता भएको लामो समयपछी पनि एकिकृत कारोबारमा जान नसकेका बैंक हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर ‘भाँडीएको’ छ । नेपाल इन्भेष्टमेन्ट बैंकको विश्वस्त उच्च स्रोतले दिएको जानकारी अनुसार अव नेपाल राष्ट्र बैंकले ‘जवर्जस्ती’ मर्जरका लागि कसरत नगरेको खण्डमा दुई बैंकको मर्जर लगभग नहुने स्थितिमा पुगेको हो । मर्जर नहुने भएपछी दुवै बैंक आ-आफ्नो तरिकाले अगाडी बढेको पाइएको छ । दुवै बैंकले अनौपचारिक रुपमा नेपाल राष्ट्र बैंकलाई अव दुई बैंकको मर्जर हुन नसक्ने बताईसकेका छन् भने राष्ट्र बैंक एकपटक ‘फोर्स’ गरेर भएपनि दुई बैंकलाई मिलाउने तयारीमा रहेको बुझिएको छ । यी दुई बैंकको मर्जर भाँडीएको अवस्थामा अरु बैंकपनि मर्जरमा जान नसक्ने स्थिति आउनसक्ने भन्दै राष्ट्र बैंकले यस प्रकरणलाई गम्भीरतापूर्वक लिएको पाइएको छ ।
कहाँ बिग्रियो कुरा ?
‘हिमालयन बैंकसँग हामी मर्जरमा नजाने लगभग निश्चितप्राय भएको छ ।’ नेपाल इन्भेष्टमेन्ट बैंकको उच्च स्रोतले भन्यो, ‘यहि अनुसार पहिला गरिएका कतिपय भद्र सम्झौताहरु पनि दुवै पक्षबाट उल्लङ्घन भईसकेका छन् । बैंक अव आफ्नै हिसाबले अगाडी बढ्छ ।’ मर्जर बिथोलिनुको कारण भने आन्तरिक ‘टसल’ भएको बताउँदै नेपाल इन्भेष्टमेन्ट बैंक स्रोतले भन्यो- ‘पछी बिग्रिनुभन्दा अहिले नै बिग्रेको जातिजस्तो व्यवहार दुवै पक्षबाट सुरु भईसकेको छ । बैंकको कुनै हालतमा मर्जर गर्नुपर्छ भनेर लाग्नुभएकाहरु पनि अव मर्जर नहुने भो’ भन्न थाल्नुभएको छ । त्यसैले राष्ट्र बैंकले विशेष पहल नगरेको खण्डमा अव यो मर्जर भाँडीयो भन्दा हुन्छ ।’
यता हिमालयन बैंक स्रोत पनि अव नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान नसकिने भन्ने जानकारी उच्च व्यवस्थापनलाई दिइसकेको बताउँछ । ‘हामीले नेपाल इन्भेष्टमेन्ट बैंकसँग भन्दा पनि अव आफ्नै हिसाबले मर्जरमा अगाडी बढ्न भनिसकेका छौं । अव यो मर्जर हुने देखिएको छैन । बरु छिट्टै नेप्सेमा रोकिएको सेयर कारोबार खुलाएर सेयरधनीहरुलाई राहत दिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’ स्रोतले भन्यो ।
‘खास कुरो कहाँ बिग्रियो ?’ हाम्रो प्रश्नमा स्रोत भन्छ- ‘नगर्दा नै ठिक रहेछ भन्ने निष्कर्षमा पुगिएपछी अन्तत मर्जरमा नजाने निर्णय भएको हो । भित्र विविध कारणहरु छन् । राष्ट्र बैंकले पनि नमिल्ने छनक पाउँदा पनि खासै चासो देखाएन । मिलेर जाने सम्झौता भईसकेका बैंकहरुले बोनस बाँड्ने सवालमा गरेका निर्णयले पनि मर्जर नहुने तयारीको संकेत गरिसकेको छ । कर्मचारीको लफडा मिलाउन नसकिने तहमा पुगेको भन्ने दुबै पक्षको निष्कर्ष छ । मालिकहरु नै नमिल्ने भएपछी अव जवर्जस्ती गरेर पनि हुँदैन ।’
‘राष्ट्र बैंकले हस्तक्षेप गरे अन्तिम आस बाँकी छ’
यसो त हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका संचालकहरु पनि यो मर्जर नभएको खण्डमा हुन लागेका अरु बैंकका मर्जरमा पनि समस्या आउने बताउँछन् । त्यसैले पनि यो मर्जरलाई नेपाल राष्ट्र बैंकले ‘सिरियसली’ लिनुपर्ने उनीहरुको तर्क छ । ‘मर्जरको कुरा यति माथिसम्म आइपुगेर अव भाँडीयो भने यसले सार्है ठुलो गलत सन्देश बाहिर जान्छ । यसले बजारमा अव अरु बैंकहरुबीच हुने मर्जरमा पनि ‘इस्यु’ ल्याउँछ । त्यसैले मर्जर जवर्जस्ती नै भएपनि गरेर पछी पोष्ट मर्जरका समस्याहरु समाधान गर्दै जाँदा राम्रो हुन्थ्यो । तर स्थिति धेरै बिग्रीसकेको छ ।’
केहि समयअघि काठमाडौँस्थिति छायाँ सेन्टरमा रहेको एलफ्ट होटलमा भएको एक विशेष कार्यक्रमका बीच हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो सम्झौतासँगै दुवै बैंकको सेयर कारोबार रोक्का भएको थियो । मर्जर सम्झौतापछी संछिप्त प्रतिक्रिया दिंदै दुवै बैंकका प्रमुख कार्यकारी अधिकृतले दुई संस्थाको यो मर्जरले वित्तीय क्षेत्रलाई निकै फाइदा पुर्याउने दाबी गरेका थिए । हिमालयनका प्रमुख कार्यकारी अशोक राणाले यो सम्झौतालाई ‘माइलस्टोन’ निर्णय भएको बताएका थिए भने नेपाल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी पाण्डेले यो मर्जरले वित्तीय स्थायित्वमा ठूलो योगदान गर्ने र यसबाट अरुलाई पनि प्रेरणा मिल्ने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्