×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्सुरेन्सको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो ६ करोड १७ लाख १ हजार खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL

सगरमाथा इन्सुरेन्सको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो ६ करोड १७ लाख १ हजार खुद नाफा

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सगरमाथा इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ६ करोड १७ लाख १ हजार खुद नाफा आर्जन गरेको छ ।

यो नाफा गत वर्षको भन्दा १०.८८ प्रतिशतले बढि हो । गतवर्ष कम्पनीले ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बिमा कोष ६४.०३ प्रतिशतले बढेर १ अर्ब ८ करोड १३ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष कम्पनीको बिमा कोषमा ६५ करोड ९२ लाख ६० हजार रुपैयाँ थियो । एक वर्षको अवधिमा खुद बिमा शुल्क १०.०७ प्रतिशतले बढेर ३९ करोड ४२ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । प्रतिसेयर आम्दानी २२ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ०९ पैसा छ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी