Skip to content
LAXMI SUNRISE BANK

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ४८.३७ प्रतिशत घट्यो खुद नाफा

अर्थ सरोकार

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यने नाफा गत वर्षको यसै अवधिमाभन्दा ४८.३७ प्रतिशतले कम हो । गत वर्ष यस कम्पनीले ५ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सिनर्जीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ९ करोड रुपैयाँबाट घटेर ६ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

प्रसारणलाईनको अभावको कारण कम क्षमतामा आयोजना सञ्चालज गर्नु पर्दा गत वर्ष भन्दा बिद्युत उत्पादन घट्न पुगेको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ८६ पैसा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ३ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK