Skip to content
LAXMI SUNRISE BANK

ज्योति लाइफ इन्स्योरेन्सको २७.७७ प्रतिशत बढ्यो खुद नाफा, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा

अर्थ सरोकार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ९ करोड २२ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षकोभन्दा २७.७७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ७ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आर्जन र जीवन बिमा कोषको आकार पनि बढेको छ ।

जीवन बिमा कोष १०१.२५ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड ७६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा २ अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ थियो । खुद बिमा शुल्क ५०.४२ प्रतिशतले बढेर ७९ करोड १ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशतले बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको भने जगेडा कोषमा ६६ करोड १० लाख २४ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK