काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा १२.५५ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्ष विद्युत बिक्रीबाट ३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यो त्रैमासमा ३६.९१ प्रतिशतल बढाएर ४ करोड २६ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ८७ पैसा रहेको छ । रिटेन्ड अर्निङमा २ करोड ७३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ ।