काठमाडौं । अजोड इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ७९.२३ प्रतिशतले खुद नाफा घटेको छ । कम्पनीले यसअवधिमा १ करोड १० लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद बिमा शुल्क आर्जन पनि १०.४६ प्रतिशतले घटेर १० करोड ३५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको बिमा कोषको आकार भने ३२.७३ प्रतिशतले वृद्धि भएर ११ करोड ६९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ८ करोड ८१ लाख २७ हजार रुपैयाँ थियो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ७४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्