Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एशिया लघुवित्तले डाक्यो मंसिर ५ गते वार्षिक साधारणसभा, ५.४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

अर्थ सरोकार

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले मंसिर ५ गते आइतबार वार्षिक साधारणसभा डाकेको हो । सभा धरान ब्यांकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि, धरान उपमहानगरपालिका वडा नं १३ मा अयोजना हुने भएको छ ।

उक्त सभामा गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ । साथै संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ कात्तिक २२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK