×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : काष्ठमण्डपको पुन:निर्माण कार्य अन्तिम चरणमा, घर फर्कन काठेखोला पार गर्दै किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : काष्ठमण्डपको पुन:निर्माण कार्य अन्तिम चरणमा, घर फर्कन काठेखोला पार गर्दै किसान

Artha Sarokar

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले चिसो मौसम सुरु भएसँगै काष्ठमण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमादेखि खेतको काम सकेपछि घर फर्कने क्रममा बागलुङ तित्याङका किसान काठेखोला पार गर्दैसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार

काष्ठमण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएपछि पुनःनिर्माण गर्न थालिएको हो ।

खेतको काम सकेपछि घर फर्कने क्रममा बागलुङ नगरपालिका–९ तित्याङका किसान काठेखोला पार गर्दै ।सप्तरीको बरमझिया चोकमा पेडा बनाउन दूध तताउँदै स्थानीय बासिन्दा ।जिल्ला कारागार बागलुङका बन्दीले तयार पारेका मुढा । मुढा स्थानीय बजारमा ३५० देखि  ४५० सम्ममा बिक्री हुने गरेको छ ।

तनहुँको व्यास नगरपालिकाको कार्यालयमा बिहीबार आलुको बीउ लिन आएका कृषक । नगरपालिकाले अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको छ ।जोरपाटीदेखि गोकर्णसम्मको बाटोमा कालोपत्रे गर्नका लागि तयार गरिँदै ।तनहुँको व्यास नगरपालिका-५ साँगेफाँटमा कृषक परालको भारी मिलाउँदै । कृषकलाई यतिबेला धान भित्र्याउन, कुन्यो बनाउन र पराल मिलाउन चटारो छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी