काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ५ करोड ९५ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ९.११ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५ करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको बिमा कोषको आकार पनि ३६.८६ प्रतिशतले वृद्धि भएर ६२ करोड ३९ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ४५ करोड ५८ लाख ७० हजार रुपैयाँ थियो । यस्तै खुद बिमा शुल्क पनि ६.८५ प्रतिशतले वृद्धि भएर २० करोड ३५ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको अवधिमा कम्पनीले १९ करोड ५ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ४६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्