काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ०.२३ प्रतिशतले बढी हो । गत वर्षको यसै त्रैमाससम्म कम्पनीले ४ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद बिमा शुल्क पनि ०.९१ प्रतिशतले वृद्धि भएर १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १९ करोड ७८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
गत वर्ष ६६ करोड ५९ लाख रुपैयाँ रहेको बिमा कोष यो त्रैमासमा २.८८ प्रतिशतले वृद्धि भएर ७५ करोड १७ लाख रुपैयाँ पुगेको छ । लुम्बिनीको खुद दाबी भुक्तानी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने २९ करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी हुन बाँकी छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ १८ पैसा रहेको छ । जगेडा कोषमा ३४ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्