Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ९ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK