काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा २२.७९ प्रतिशतले धेरै हो । गत वर्षको यसै त्रैमाससम्म कम्पनीले ३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद बिमा शुल्क पनि ३.६३ प्रतिशतले वृद्धि भएर १६ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीलेले १५ करोड ८० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । बिमा कोषको आकार पनि गत वर्षको यसै अवधि भन्दा २९.४४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ३७ करोड ४४ लाख रुपैयाँ रहेको बिमा कोष यो त्रैमासमा २९.४४ प्रतिशतले वृद्धि भएर ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खुद दाबी भुक्तानी ६ करोड २६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ०५ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १९ पैसा रहेको छ । जगेडा कोषमा २५ करोड ८३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्