काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । बैंकका संस्थापक सेयरधनीले ७ हजार ५८५ कित्ता सेयर बिक्री खुला गरेका हुन् । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलाई बिक्री खुला गरिनेछ ।