काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा २ करोड १४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा २३६.४७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि २६२.३९ प्रतिशतले वृद्धि भएर ५ कारोड ५९ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ५४ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
अघिल्लो वर्ष १ करोड ६६ लाख ५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनी यस त्रैमासमा २ करोड ४९ लाख रुपैयाँ सञ्चालन नाफामा छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५१ पैसा रहेको छ ।